धनुषामा धारिलो हतियार प्रहार गरि एकजनाको हत्या

Newslaya Home

धनुषामा धारिलो हतियार प्रहार गरि एकजनाको हत्या

सोमबार २३, भदौ २०७६

धनुषा । धनुषाको मिथिला विहारी नगरपालिका–१० ठेरामा एक जनाको हत्या भएको छ ।

हत्या हुनेमा स्थानीय ६० वर्षीय रामवरण शर्मा रहेका छन् । प्रहरीका अनुसार आइतबार राति तारापट्टी बजारबाट तरकारी किनेर घर फर्किने क्रममा शर्मामाथि मोटरसाइकलमा आएका अपरिचित दुई व्यक्तिले शर्माको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए।

घटनापछि गम्भीर घाइते शर्माको उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने बित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हत्या के कारणले र कसले गरेको विषयमा केही खुल्न सकेका छैन। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।