फेरी बढ्यो सुनको भाउ

Newslaya Home

फेरी बढ्यो सुनको भाउ

सोमबार २३, भदौ २०७६

काठमाडौँ । सोमबार सुनको मूल्य प्रतितोला ७१ हजार ५ सय रहेको पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

आइतबार ५ सयले घटेर आइतबार ७१ हजार ५ सय भएको सुनको मूल्य आज फेरि उकालो लागेको छ।

यस्तै, तेजावी सुनको मूल्य पनि बढेको छ । आइतबार नेपाली बजारमा तेजावी सुन प्रतितोला ७१ हजार ४ सय निर्धारण गरिएको छ ।

अघिल्लो हप्ताको बुधबार प्रतितोला सुनको मूल्य ७३ हजार ५ सय पुगेको थियो । यो अहिले सम्मकै सबैभन्दा उच्च मूल्य हो । उच्च मूल्यमा एक सय रुपैयाँ घटेर बिहिबार ७३ हजार ४ सयमा सुनको कारोबार भयो । शुक्रबार भने १४ सयले घट्दै ७२ हजार पुग्यो । आइतबार पनि घटेर ७१ हजार ५ सय भएको थियो।