निर्माण कम्पनीको वेवास्थाका कारण स्थानीय सास्ती भोग्न बाध्य

Newslaya Home

निर्माण कम्पनीको वेवास्थाका कारण स्थानीय सास्ती भोग्न बाध्य

सोमबार २३, भदौ २०७६

तेह्रथुम । तेह्रथुममा निर्माण कम्पनीको वेवास्थाका कारण स्थानीय मारमा परेका छन् ।

म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाको विचमा रहेको खोरुङ्गा खोलाको पुल निर्माणको काममा निर्माण कम्पनीले वेवास्था गरेपछि स्थानीय तथा यात्रु सास्ती भोग्न बाध्य भएका हुन् ।

मध्यपहाड़ी लोकमार्ग अन्तरगत म्याङ्लुङ–सक्रान्ती सडक खण्डमा रहेको यो पुल एक वर्षभित्र काम सक्ने गरी २०७३ सालमा कोशी एण्ड न्यौपाने निर्माण सेवा प्रालिले कामको जिम्मा पाएको थियो ।

२०७४ पुषभित्रै काम सम्पन्न गर्ने भनिए पनि सो निर्माण सेवाले काम छाडेर भागेको छ । वर्षा याममा खोलामा पानी बढेकाले आवत जावत गर्न समस्या भएको यात्रु बताउँछन् ।