भेटियो चन्द्रयान–२ को ल्याण्डर विक्रम !

Newslaya Home

भेटियो चन्द्रयान–२ को ल्याण्डर विक्रम !

सोमबार २३, भदौ २०७६

काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र इसरोका प्रमुख डा के सिवनले चन्द्रयान–२ को ल्याण्डर विक्रमको पत्ता लगाएको जनाएका छन् ।

उनका अनुसार आर्बिटरले ल्याण्डरका केही तस्वीरसमेत लिएको छ । तर यी तस्बिर अझै इसरोले भने प्राप्त गरिसकेको छैन ।

विक्रम सोलर प्यानलको मद्दतले ब्याट्री चार्ज गरी ऊर्जा पैदा गर्ने विश्वास गरिएको छ । इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्ने नजिक पुगेको थियो ।

तर चन्द्रयान २ को ल्याण्डर विक्रमको ल्यान्डिङ गर्नु ६९ सेकेन्ड पहिले पृथ्वीमा सम्पर्क टुटेको थियो । ९९ प्रतिशत सफलता हासिल गरेको दाबी गरिएको छ । तर इसरो टिम भने निराश भएको छ ।