झापाको गौरादहका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम प्रहार

Newslaya Home

झापाको गौरादहका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम प्रहार

सोमबार २३, भदौ २०७६

दमक । झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडीमा बम प्रहार ‍भएको छ ।

गौरादह नपा ३ धोबिनेस्थित ईन्द्रबहादुर कट्वालको घरमा बस्दै आएका मिश्र चढ्ने गाडीमा गएराति बम बिस्फोट भएको हो । घरको कम्पाउण्डभित्र पार्किङ गरेर राखेको अवस्थामा बम बिस्फोट भएको प्रहरीले जनाउको छ ।

बिष्फोटबाट बा २ झ २५७० नम्बरको सरकारी सेतो स्करपियो गाडीमा क्षति पुगेको छ । बिस्फोटको जिम्मेवारी कसैले लिएको छैन।