बहुविवाहको मुद्धा परेपछि गाउँपालिका अध्यक्षले गरे आत्मसमर्पण

Newslaya Home

बहुविवाहको मुद्धा परेपछि गाउँपालिका अध्यक्षले गरे आत्मसमर्पण

सोमबार २३, भदौ २०७६

प्यूठान । गौमुखी गाउँपालिका प्यूठानका अध्यक्ष विष्णुकुमार गिरीले आत्मसमर्पण गरेका छन् । बहुविवाह मुद्दामा उनी आफै प्रहरी हिरासतमा पुगेका हुन् ।

पत्नीले बहुविवाहको मुद्दा दर्ता गरेपछि आइतबार साँझ गिरी आफैं जिल्ला प्रहरी कार्यालय प्यूठान पुगेका हुन् । भदौ १० गते गौमुखी गाउँपालिका ४ पुँजा बस्ने पत्नी सीता केसीले गिरीविरुद्ध मुद्दा दायर गरेकी थिइन् ।

प्रहरी नायव उपरीक्षक नरेन्द्रबहादुर कार्कीका अनुसार उनलाई हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ ।

अध्यक्ष गिरीले आफूले दोस्रो विवाह नगरेको दाबी गरेका छन् । गिरी दम्पत्ति १० वर्षदेखि अलग बस्दै आएपनि गिरीले यसअघि सम्बन्ध विच्छेदको मुद्दा हारेका थिए ।