विप्लवका लडाकुदेखि सशस्त्रका जवानसम्म मिलेर बनाए लुटेरा समुह, पक्राउ पछि खुल्यो रहस्य

Newslaya Home

विप्लवका लडाकुदेखि सशस्त्रका जवानसम्म मिलेर बनाए लुटेरा समुह, पक्राउ पछि खुल्यो रहस्य

सोमबार २३, भदौ २०७६

काठमाडौं । प्रहरीले काठमाडौंबाट सुन लुट्ने एउटा समुहलाई पक्राउ गर्यो । सुन लुट्ने योजना त प्रहरीले विफल पारिदियो, तर नौ सदस्य रहेको उक्त समुहको सदस्यहरु देखेरै प्रहरी छक्क पर्यो ।

प्रहरीले यो समूह विप्लव माओवादीको लुटेरा ‘स्क्वाड’ रहेको समेत जनाएको छ । उनीहरुको साथबाट सानो चाइनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलोसमेत बरामद गरेको छ ।

पक्राउ पर्नेमध्ये योर्साङ घले विप्लवका लडाकु हुन् भने कुशल अधिकारी सेनाका भगौडा रहेको अनुसनधानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै युवराज भण्डारी सशस्त्र प्रहरी जवान हुन् । घले समूहका नाइके रहेको खुलेको छ ।

उनीहरुबाट बरामद भएको हतियार नेपाली प्रहरीले प्रयोग गर्ने गरेको एसपी अशोक सिंहले जानकारी दिएका छन् ।