यस्तो छ नयाँ ‘आइफोन ११ प्रो’

Newslaya Home

यस्तो छ नयाँ ‘आइफोन ११ प्रो’

सोमबार २३, भदौ २०७६

एजेन्सी । यो मंगलबार स्मार्टफोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्दैछ । ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहेका छन् ।

प्रतिस्पर्धी कम्पनिहरु हुवावे, सामसुङ आदिले फोल्डिङ फोन, फाइभजी प्रविधियुक्त मोबाइल लन्च गरिरहँदा नयाँ आइफोनमा भने यस्ता कुनै अप्रत्याशित डिजाइन नहुने र धेरै हदसम्म पछिल्लो मोडलजस्तै हुने बताइएको छ । मंगलबार आफ्नो क्यालिफोर्नियाको हेडक्वाटरमा एप्पलले सम्भावित रुपमा सधैँझैँ तीनवटा आइफोन सार्वजानिक गर्नेछ– आइफोन ११ प्रो, आइफोन प्रो म्याक्स र आइफोन ११ ।

यसका साथै आइफोनले केबल ४५० डलरबाट सुरु हुने अर्को एक सस्तो मोडल पनि ल्याउने अनुमान गरिएको छ ।

सबै डिभाइस पछिल्लो वर्षकै मोडलको हुने तर क्यामरा र भिडियो फिचर भने केही फरक रहने बताइएको छ । नयाँ आइफोन ११ को क्यामेरा प्रणालीमा पछाडिपट्टी तीन वटा क्यामरा हुने छ ।

जसमध्ये अतिरिक्त क्यामेराले अल्ट्रा– वाइड एङ्गल प्रदान गर्नेछ भने आर्टिफिसियल इन्टिेलिजेन्स एआइ युक्त सफ्टवेयर पनि जडान गरिएको हुनेछ । त्यसले फोटो र भिडियो एडिटिङ फिचरमा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ ।

यो वर्ष एप्पलको प्रमुख प्राथमिकता द्रुत गतिको प्रोसेसर, फेस आईडीमा सुधार र नयाँ क्यामरासँगै थ्रीडी टच हटाउनेलगायत रहेको कम्पनीको भनाइ छ ।

त्यस्तै यसले ब्याट्री बचाउने डार्क मोड, अपरिचित कललाई साइलेन्ट गर्न मिल्ने, टाइप गर्न औँला नउठाइ केबल स्वाइप गर्नुपर्नेलगायतका नयाँ फिचर पनि ल्याएको छ ।

यसैगरी आइफोनमा फाइभ–जी का लागि पनि अझै एक वर्षको समय थपिएको हो ।

त्यसैले यी फिचरबिना एप्पलका लागि यो पटकको आइफोन लन्च चुनौतीमय हुने प्राविधिकहरु बताउँछन् ।