मरेको मान्छे चिहानमा उठेपछि ...

Newslaya Home

मरेको मान्छे चिहानमा उठेपछि ...

सोमबार २३, भदौ २०७६

मरेको भनेर चिहानमा गाड्न लाग्दा एक युवक उठेपछि खैलाबैला मच्चिएको छ । घटना भारतको लखनउको हो ।

मोहम्मद फुरकान नामक मानिस अन्त्येष्टि समारोहमा उठेका थिए ।

२० वर्षीय मोहम्मद फुरकानलाई दुर्घटना भए पछि जून २१ मा निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले मृत घोषित गरेको थियो । गाड्नको लागि तयारी गरेको बेलामा उनी ज्युँदै रहेको थाहा भएको थियो ।

फुर्कनलाई पहिले निजी अस्पतालमा ७ लाख रूपैयाँ तिर्नुपरेको थियो र पैसा नभएको बताउँदा सोमबार फुरकानलाई मृत घोषित गरिएको थियो ।