दुई जना पत्रकारसँग रिसाए ट्रम्प, ट्वीटरमा गरे गाली, ह्वाइट हाउस छिर्न नदिने

Newslaya Home

दुई जना पत्रकारसँग रिसाए ट्रम्प, ट्वीटरमा गरे गाली, ह्वाइट हाउस छिर्न नदिने

सोमबार २३, भदौ २०७६

वाशिङटन । पत्रकारहरुसँग नेपालका नेताहरुको मात्र होइन, विदेशी नेताहरुको समेत झगडा भइरहने गर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङटन पोस्टका दुई जना पत्रकारलाई ह्वाइट हाउसमा छिर्न दिन नहुने बताएका छन् । ट्रम्प प्रशासनको आलोचना गर्दै समाचार बनाएको रेकर्ड भेटिएपछि उनी दुई जना पत्रकारसँग रिसाएका हुन् ।

उनले वाशिङटन पोस्टका फिलिप रुकर र आस्ले आर पार्करलाई हल्काफुल्का रिपोर्टर भन्दै आलोचना गरे । उनीहरुलाई ह्वाइट हाउसको ग्राउण्डसम्म पनि आउन दिन नहुने बताउँदै ट्विट नै गरेका हुन् । उनीहरुको रिपोर्टिङ ‘घृणित र फेक’ हुने गरेको बताए ।