ओखलढुंगामा रक्सी खाएर वडाध्यक्ष कुट्ने अर्का वडाध्यक्ष पक्राउ

Newslaya Home

ओखलढुंगामा रक्सी खाएर वडाध्यक्ष कुट्ने अर्का वडाध्यक्ष पक्राउ

आइतबार २२, भदौ २०७६

ओखलढुंगा । ओखलढुंगामा एक वडाध्यक्षले छिमेकी वडाका वडा अध्यक्षमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका ८ का वडा अध्यक्ष अजय लुइटेल रहेका छन् । उनले गत असार ३० गते गाउँपालिकाको कार्यालयमै सोही गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुरेश थापालाई कुटपिट गरेका थिए।

थापाले गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो ३ बजे मादक पदार्थ सेवन गरेर आएका लुइटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा गत साउन १ गते उजुरी दिएका थिए।

लुइटेललाई प्रहरीले आइबार साँझ पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।