इटहरीका अगमको उपचारको लागि सहयोगको याचना

Newslaya Home

इटहरीका अगमको उपचारको लागि सहयोगको याचना

आइतबार २२, भदौ २०७६

इटहरी । इटहरीस्थित पशुपती स्कुलमा कक्षा ६ मा अध्ययनरत छात्र अगम श्रेष्ठ अहिले जिन्दगी र मृत्युको बिचमा जुधीरहेका छन् । ब्रेन ट्युमर भएका अगमको उपचार भक्तपुर क्यान्सर अस्पतालमा भइरहेको छ ।

अपरेशनपछि अहिले उनी किमोथेरापी लिइरहेका छन् । तर घरको आर्थिक अवस्था अत्यन्त न्युन छ ।

जसोतसो अहिलेसम्मको उपचार ऋण गरेर गरेका परिवारको लागि अब बाँकी उपचार निकै ठूलो समस्या बनेको छ । चार पटक केमोथेरापी दिन बाँकी रहेको उनका वुवा अशोक श्रेष्ठले जानकारी दिए । चार पटक किमोको लागि मात्रे २ लाख ६० हजार रुपैया लाग्ने भएको छ । त्यसबाहेक अन्य उपचार र फलोअपको लागि पनि खर्च लाग्ने भएपछि परिवारले सहयोगको लागि याचना गरेको छ । बाँकी उपचार पुरा गरे रोग निको हुने चिकित्सकले बताएपछि परिवारमा आशा जागेको छ ।

उनलाई सहयोग गर्न इच्छुकले उनको बुवाको मोबाइल नम्बर ९८२१८५८५६५ मा सम्पर्क गर्न वा लक्ष्मी बैंकको इटहरी शाखा कार्यालयको खाता नम्बर ०१५२६११२७०७ मा रकम जम्मा गरी सहयोग गरिदिन आग्रह छ ।