बालकलाई दुर्व्यवहार गरेको आरोपमा मोरङबाट एक जना पक्राउ

Newslaya Home

बालकलाई दुर्व्यवहार गरेको आरोपमा मोरङबाट एक जना पक्राउ

आइतबार २२, भदौ २०७६

मोरङ । बालकलाई दुर्व्यवहार गरेको आरोपमा मोरङबाट एक जना पक्राउ परेका छन् ।


पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका गडिझारका ४० वर्षिय डिल्लीबहादुर मगर रहेका छन् । प्रहरीका अनुसार उनीमाथी १४ वर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको रहेको छ ।

उनलाई इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले शनिबार राति करिब साढे एघार बजे पक्राउ गरेको हो ।