महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा एकको ज्यान गयो, चार जना घाइते

Newslaya Home

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा एकको ज्यान गयो, चार जना घाइते

आइतबार २२, भदौ २०७६

महोत्तरी। महोत्तरीको पैदलयात्रीलाई जोगाउने क्रममा एम्बुलेन्स पल्टिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार आइतबार महोत्तरीको बर्दिबास ३ मा बिरामी बोकेको बा २ च ४४४१ नंको एम्बुलेन्स पल्टिएको हो । जसबाट एम्बुलेन्समा सवार रहेकासवार ५० वर्षीय तारा बादीको मृत्यु भएको हो ।

दुर्घटनामा बर्दिबासका एम्बुलेन्स चालक चित्रबहादुर बुढाथोकी, मृतकका छोरा उवेश बादी, छोरी गङ्गा बादी घाइते भएका छन् ।

पैदल यात्री धनुषाको मिथिला नगरपालिका ४ रोशा बराइली पनि घाइते भएका हुन् । उनको दाहिने खुट्टा भाँचिएको छ । घाइतेको उपचार बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ ।