सिरहामा पनि भेटिए डेंगुका बिरामी

Newslaya Home

सिरहामा पनि भेटिए डेंगुका बिरामी

आइतबार २२, भदौ २०७६

सिरहा । सिरहामा पनि डेंगुको संक्रमण देखा परको छ । जसमा सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका छन्।

चारजनाहरूमध्ये मेयर देवनाथ साहकै घरका चार बिरामी छन्। बिरामीको काठमाडौं, धरान र विराटनगरमा उपचार भइरहेको जनाइएको छ। डेंगुको प्रकोप देखिएपछि नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किन थालेको छ।

नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पंजियारका अनुसार वडा नम्बर ४ का ७ जना र वडा ३ का २ जनामा डेंगु संक्रमण देखिएको हो।