महिला फुटबलः नेपालद्वारा किर्गिस्ता ८–२ ले पराजित

Newslaya Home

महिला फुटबलः नेपालद्वारा किर्गिस्ता ८–२ ले पराजित

आइतबार २२, भदौ २०७६

 

काठमाडौँ । किर्गिस्तानमा जारी ‘नादेज्दा क’ महिला फुटबलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ ।

आइतबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोल अन्तरले हराएको हो । जसमा नेपालका लागि नेपालका लागि सावित्रा भण्डारीले ४ गोल गरेकी थिइन् ।

नेपालका लागि सावित्रालले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेकी थिइन् । त्यस्तै १४ मिनेटमा सावित्रालेनै पुन गोल गर्दै नेपाललाई २–० को अन्तरमा पुर्याइन् । तर त्यसको ५ मिनेट भित्रमा किर्गिस्तानले दुई गोल फर्काउन सफल भयो ।

खेलको २५ औं मिनेटमा नेपालले तेस्रो गोल गर्‍यो । नेपालका लागि यसपटक दिपा राईले गोल गरेकी थिइन् । त्यस्तै २९ औं मिनेटम सावित्राले गोल गर्दै नेपालको अग्रतालाई ४–२ मा पुर्याइन् । त्यसपछि ३५ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई ५–२ को अग्रता दिलाइन् ।

३६ औँ मिनेटमा नेपालले किर्गिस्तानको पोस्टमा छैँटौ गोल गर्‍यो । यसपटक नेपालका लागि कप्तान निरु थापाले गोल गरिन् । त्यसपछि खेलको ५४ औं मिनेटमा सातौं गोल थप्यो । यसपटक पनि नेपालका लागि सावित्राले नै फ्रिकिक मार्फत उत्कृष्ट गोल गरिन् र खेलेको अन्तिममा अनिता बस्नेतले गोल गरेकी थिइन् ।