धनुषाको उपमेयरसहित तीन जना विरुद्ध जाहेरी दर्ता

Newslaya Home

धनुषाको उपमेयरसहित तीन जना विरुद्ध जाहेरी दर्ता

आइतबार २२, भदौ २०७६

धनुषा । धनुषाको हँसपुर नगरपालिकाका उपमेयर रेणु झासहित ३ जना विरुद्ध आइतबार (आज) जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको छ ।

जसमा उपमेयर झा , वडा नं. २ का वडा अध्यक्ष उदय साह र वडा नं. ४ का वडा अध्यक्ष किशोरी यादवमाथि जाहेरी दर्ता गरिएको हो ।

गत साउन २२ गते हंसपुर नगरपालिकाको कार्यालय सार्ने विषयलाई लिएर भएको झडपमा वडा नं. २ बस्ने तपेश्वर मण्डल घाइते भएका थिए । उनको उपचारको क्रममा भदौ १८ गते साँझ जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।

उनको मृत्यु पश्चात् मृतकका छोराले मेयर रामज्ञान मण्डल, वडा नं. ३ का वडाध्यक्ष उदय सिंह, कार्यपालिका सदस्य श्याम राउत र वडा नं. ४ का स्थानीय लालबाबु यादवमाथि मृतकका छोरा राजकुमार मण्डलले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने उद्योगमा यसअघि नै मुद्दा दर्ता गराईसकेका छन् ।

हँसपुरबाट ट्रयाक्टर, मोटरसाइकल लगायतका सवारी साधनमा आएका मेयर रामज्ञान मण्डल समर्थक स्थानीयहरुले उपमेयर रेणु झा मुर्दावाद, मेयर लगायत ४ जनामाथि लगाइएको झुठामुद्दा खारेज गर लगायतका नारा लगाएका थिए ।