राष्ट्रिय साक्षता दिवसको अवसरमा बेबिलोन स्कुलद्वारा जनचेतना मुलक कार्यक्रम

Newslaya Home

राष्ट्रिय साक्षता दिवसको अवसरमा बेबिलोन स्कुलद्वारा जनचेतना मुलक कार्यक्रम

आइतबार २२, भदौ २०७६

इटहरी । ४० औं राष्ट्रिय साक्षता दिवसको अवसरमा इटहरीको बेबिलोन सेकेन्डरी बाडिङ स्कुलले जनचेतना मुलक कार्यक्रम गरेको छ । इटहरी चोकस्थित विधुतिय रिक्सा (सफारीमा) स्कुलका कक्षा १० का विद्याथीले चेतनामुलक पम्प्लेटहरु टासी कार्यक्रमहरु गरेका हुन् ।

पम्प्लेटमा ‘शिक्षानै जीवनको ज्योती हो’, ‘शिक्षा नै विकासको मेरुदण्ड हो’ भन्ने नाराहरु लेखिएको थियो । कोहि बालबालिका शिक्षा बाट बन्चित नहुन भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको कार्यक्रम सम्योजक केपी सुवेदिले बताए ।