झापामा बस पल्टिदा नौ जना घाइते

Newslaya Home

झापामा बस पल्टिदा नौ जना घाइते

आइतबार २२, भदौ २०७६

झापा । झापाको मेचीनगर नगरपालिका ७ ईटाभट्टामा आइतबार दिउँसो बस पल्टिएको छ । दुर्घटनामा परि नौ जना घाइते भएका छन् ।

दिउँसो सवा १२ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख ६१६६ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि ६ जनालाई बिर्तामोडको बि.एण्ड सी. अस्पताल पठाएको छ भने अन्य ३ जनाको आम्दा अस्पताल धुलावारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।