सिरहाबाट अवैध भारतीय रुपैयाँ सहित एक जना पक्राउ

Newslaya Home

सिरहाबाट अवैध भारतीय रुपैयाँ सहित एक जना पक्राउ

आइतबार २२, भदौ २०७६

 

सिराहा । सिरहाबाट स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका–४ का ४० वर्षीय ओम प्रकाश साह रहेका छन् । प्रहरीले उनलाई स्रोत नखुलेको २ लाख भारतीय रुपैयाँ सहित शनिवार बिहान पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय महेशवारीको प्रहरीले ठाडीबाट लहानतर्फ आउँदै गरेको बिआर ३२ क्यू ४०३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त नगद सहित फेला पारी साहलाई पक्राउ गरेको थियो ।