चीनमा ५.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

Newslaya Home

चीनमा ५.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प

आइतबार २२, भदौ २०७६

काठमाण्डौ । चीनमा ५.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । आइतवार दक्षिणपूर्वी चिनियाँ सिचुआन प्रान्तमा ५.४ रेक्टर स्केलको भूकम्पम गएको हो । भुकम्प चीनको सिचुआन प्रान्तलाई केन्द्रविन्दु पारी गएको हो ।

भुकम्पमा परी एक जनाको मृत्यु भएको छ २९ जना घाईते भएका छन् । २० मिनेटको फरकमा ४.३ रेक्टर स्केलको अर्को भूकम्पको धक्का गएको थियो भने यसमा कुनै क्षती नभएको एजेन्सीले जनाएको छ ।

भूकम्पमा परी घाईते भएका मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ । भुकम्पले करिब १७ ओटा घर नस्ट भएका छन् । २१५ घर क्षतिग्रस्त भएका छन् । घटना स्थलमा खोजी र उद्धार कार्य जारी रहेको छ । भूकम्पको धक्का अन्य शहरहरूमा पनि महसुस गरिएको जनाइएको छ ।