चलचित्र ‘पोई पर्यो काले’ को शीर्ष गीत सार्वजनीक (भिडियोसहित)

Newslaya Home

चलचित्र ‘पोई पर्यो काले’ को शीर्ष गीत सार्वजनीक (भिडियोसहित)

आइतबार २२, भदौ २०७६

काठमाडौं । चलचित्र ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको छ । चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायाँकन रहेको छ ।

गीतमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायतको अभिनय रहेको छ । शिशिर राणाको निर्देशन रहेको चलचित्रको लेखन निर्देशक राणाकै रहेको छ । चलचित्र कार्तिक ८ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।