दशैँको टिकाको साइत १० बजे ३५ मिनेटमा

Newslaya Home

दशैँको टिकाको साइत १० बजे ३५ मिनेटमा

आइतबार २२, भदौ २०७६

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ।

समितीका अनुसार असोज १२ गते परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ भने असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको छ ।

यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने बिहान १० बजेर ३५ मिनेट जुरेको छ।