बेलायतमा सुरु भयो विद्युतीय कारको युग, हरेक घरमा चार्जिङ स्टेसन अनिवार्य

Newslaya Home

बेलायतमा सुरु भयो विद्युतीय कारको युग, हरेक घरमा चार्जिङ स्टेसन अनिवार्य

आइतबार २२, भदौ २०७६

काठमाडौ । नेपालमा विद्युतीय सवारीसाधन धेरैको आकर्षणमा पर्दैन । खासगरी उपभोक्ता यस्तो साधनको क्षमतालाई लिएर प्रश्न गर्छन् । तर विदेशमा भने विद्युतीय सवारी साधन निर्विकल्प बन्दै गएको छ । अधिकांश देशहरुले समयसीमा तोकेर विद्युतीय सवारीमात्र दर्ता गर्न निर्देशन दिइसकेका छन् ।

यस्तैमा बेलायतले अब बन्ने हरेक नयाँ घरमा अनिवार्य रुपमा विद्युतीय कार चार्जिङ प्वाइन्ट बनाउनु पर्ने व्यवस्था ल्याउँदैछ । नागरिकहरुलाई विद्युतीय कार प्रयोगमा प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो नियम ल्याएको हो। यसका लागि सरकारले कर छुट तथा अन्य सहुलियत दिने जनाएको छ।

बेलायतले सुरुवाती चरणमा घरमा प्रयोग हुने १ लाख विद्युतीय कार चार्जरमा सहुलियतको घोषणा गरेको छ।

सन् २०१७ मा बेलायतमा ८१ लाख प्रयोग भइरहेका कार बिक्री भएको थियो। त्यसमध्ये १० हजार शून्य प्रदुषण कार थिए। यो संख्या सन् २०१६ को तुलनामा ७७ प्रतिशतले बढी हो।