एक वर्षमा डेढ करोड प्याकेट तास भित्रियो, २५ करोड रुपैया बाहिरियो

Newslaya Home

एक वर्षमा डेढ करोड प्याकेट तास भित्रियो, २५ करोड रुपैया बाहिरियो

आइतबार २२, भदौ २०७६

काठमाडौं । विभिन्न चाडपर्व तथा साथीभाइसँगको जमघटमा तास खेल्नु सामान्य बनेको छ । तर हामी नेपाली कति तास खेल्छौं, एउटा तथ्यांक सार्वजनिक भएको छ । जुन सुन्दा अचम्म लाग्न सक्छ ।

प्रत्येक २ जना नेपालीले औसतमा १ प्याकेट तास प्रयोग गरिरहेका छन् । भन्सार विभागको तथ्यांकअनुसार २०७५/०७६ मा मात्रै १ करोड ५७ लाख २५ हजार ५ सय २१ प्याकेट तास आयात भएको छ । यसरी तास आयातमा नेपालबाट २५ करोड ६ लाख ६२ हजार रुपैयाँ बाहिरियो भने ११ करोड २७ लाख २१ हजार रुपैयाँ भन्सार राजश्व संकलन भएको विभागको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्षको साउन महिनामा मात्र २ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका २० लाख ७४ हजार ४ सय ५३ प्याकेट तास नेपाल भित्रिएको छ ।

नेपालले चीन, भारत, मलेसिया, ताइवान, बेलायत र अमेरिकालगायत मुलुकबाट तास आयात गर्छ। नेपालमा तास सबैभन्दा धेरै चीनबाट आयात हुन्छ। भन्सार विभागको गत आर्थिक वर्षको तथ्यांकमा चीनबाट मात्र १२ करोड ६१ लाख ५० हजार रुपियाँ बरबरका १ करोड ११ लाख ३ हजार प्याकेट तास नेपाल भित्रिएको छ।