सोलुखुम्बुमा उडिरहेको कैलाश एअरको हेलिकप्टरबाट सामान खसेपछि ...

Newslaya Home

सोलुखुम्बुमा उडिरहेको कैलाश एअरको हेलिकप्टरबाट सामान खसेपछि ...

आइतबार २२, भदौ २०७६

सोलुखुम्बु । सोलुखुम्बुमा उड्दै गरेको हेलिकप्टरबाट सामान खसेको छ । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट समान झरेको हो ।

कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतको सामाग्री झरेको स्थानीयले बताएका छन् ।

कैलाश एयरको माइक लिमा कल साइन भएको हेलिकप्टरबाट सामाग्री खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् । लापर्वाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थानीयको ध्यानाकर्षण पश्चात् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामाग्रीहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताए ।

कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएको स्वीकार गरे ।