शहरमै अझै छुवाछुत, इटहरीमा गरियो सहभोज

Newslaya Home

शहरमै अझै छुवाछुत, इटहरीमा गरियो सहभोज

आइतबार २२, भदौ २०७६

इटहरी । इटहरी उपमहानगरका वडा नं. ४ ले शनिबार सहभोग कार्यक्रमको आयोजना गरेको छ । छुवाछुतविरुद्ध वडा कार्यालयले सहभोज गरेको हो ।
कार्यक्रममा इटहरी नगरका प्रमुख द्वारिकलाल चौधरीले छुवाछुत सामाजिक कलंक भएकाले हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

इटहरी उपमहानगर वडा नम्वर ४ ले आयोजना गरेको कार्यक्रम छुवाछुत हटाउन सहयोगि हुने संविधानसभाकी सभासद् अनिता परियारले बताइन् ।

कार्यक्रममा बोल्दै नागरिक समाज इटहरीका अध्यक्ष दिनेश रसाइलीले इटहरीमै पनि अझै दलित समूदायका एक ब्यक्तिले कोठा नपाएर समस्यामा परेको घटना सुनाए । ‘अझै पनि जातका आधारमा गरिने विभेद यथावत् छ,’ उनले भने ।

अभियानकर्मी डिवि शाह शंकरले छुवाछुत मनोरोग भएकाले यस्तो रोग हटाउन सामाजिक अभियान आवश्यक पर्नेमा जोड दिए ।

इटहरी १७ का वडाध्यक्ष भगवान लाल शाहले नागपञ्चमीको दिन अरु घरमा नाग टाँस्दै आएका व्यक्तिले आफनो घर भने छुटाएको बताए । छुवाछुत समाजले नै सृजना गरेकाले समाजले नै हटाउनुपर्नेमा जोड दिए ।

इटहरी ४ का वडाध्यक्ष चन्द्र भटटराईले छुवाछुत जस्तो कुप्रथा हटाएर सदभाव र भाइचारा अभिवृद्धि गर्न सहभोज कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

मनकामना मन्दिर इटहरीमा आयोजित सहभोज कार्यक्रमको अध्यक्षता इटहरी ४ की दलित महिला सदस्य पार्वता बराइलीले गरे ।

1 प्रतिकृयाहरू प्राप्त
  • gobinda prasad acharyaलेख्नुहुन्छ
  • |
  • मङ्गलबार २४, भदौ २०७६
मेरो घर खोटाङ्ग दिक्तेल रुपाकोटनगरपालिका वाडन १ हो छुवाछुत अन्ते गर्ने काममा लागेर सामुहिक भोजमा दहिपिउनु भयको मेरो बुवा पनि सामाजिक अघोशीत बहिष्कारमा पर््न्नु्नु भयको छ यस्लाई पनि मध्यनजर गर्न ईटरिका सम्मपुरण नगरबासिलाई म ाआग्रह गर्दछु मुख्य मन्त्रि माननीय ज्ययु हरु सम्मत प्रदेस सरकार सग ाआग्रह गर्दछु