सामसुङपछि हुवावेले पनि ल्याउने भयो पट्याउन मिल्ने फोन

Newslaya Home

सामसुङपछि हुवावेले पनि ल्याउने भयो पट्याउन मिल्ने फोन

आइतबार २२, भदौ २०७६

बर्लिन । चिनियाँ स्मार्टफोन निर्माता हुवावेईले निर्माण गरेको पट्याउन मिल्ने स्मार्टफोन आगामी महीनाभित्र विश्व बजारमा आउने भएको छ ।

गत फेब्रुअरीमा हुवावेईले आफ्नो पहिलो पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक गरेको थियो । यसलाई सन् २०१९ को मध्यतिर बजारमा ल्याइने तालिका तय भएको थियो । तर, थप अध्ययनका लागि केही समय लाग्ने भन्दै कम्पनीले उक्त मिति सारेको हो । हुवावेईले ल्याउन लागेको फाइभजी फोनको मूल्य झण्डै २ हजार ६०० डलर तोकिएको छ ।

शुक्रवारदेखि दक्षिण कोरियाली प्रतिस्पर्धी सामसङले पनि आफ्नो पट्याउन मिल्ने स्मार्टफोनको विक्री दक्षिण कोरिया, बेलायत, जर्मनी, फ्रान्स र सिंगापुरमा शुरू गरेको छ । सामसङको स्मार्टफोनमा केही समस्या देखिएसँगै उसले त्यसलाई समाधान गर्न केही समय विक्रीको मिति सारेको थियो । त्यसपछि हुवावेईले पनि आफ्नो स्मार्टफोन विक्रीको मिति पर सारेको हो ।