स्याउ १ रुपैयाँमा ३ दाना

Newslaya Home

स्याउ १ रुपैयाँमा ३ दाना

आइतबार २२, भदौ २०७६

बाजुरा । तपाई हाम्रो शहर बजारतिर स्याउ एक किलोको डेढ दुई सय रुपैया पर्छ । तर बाजुरामा एक रुपैयामा तीन दाना स्याउ आउँछन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ । बारीमा लटरम्म स्याउ फल्छ। बजार नपाउँदा स्याउ खेर गइरहेको छ।

त्यहाँको स्वामीकार्तिक खापर गाउँपालिकाले किलोको १५ रुपैयाँ निर्धारण गरेको स्याउ किसानहरुले रुपैयाको तीन दानाको हिसाबले बेचिरहेका छन् ।

बजार निकै टाढा भएको र भरियालाई बोकाएर पुर्‍याउन नसकिँने अवस्थामा स्याउ गाईवस्तुलाई खोले कुँडो बनाउने स्थानीयले खुवाउने गरेका छन् ।

जिल्ला कृषि ज्ञान केन्द्रले स्याउको ग्रेड निर्धारण गरेको छ। राम्रो ग्रेडको स्याउ किलोको १५ रुपैयाँ निर्धारण गरिएको छ। ‘एक रुपैयाँमा एक दाना त कोही किन्दैन। १५ रुपैयाँ किलो त महँगो भयो नि। ४÷५ दानामा किलो भइहाल्छ’, किसान गजुर शाहीले भने।