इच्छामृत्युलाई वैधानिकता दिन नसकिने सर्वोच्चको ठहर

Newslaya Home

इच्छामृत्युलाई वैधानिकता दिन नसकिने सर्वोच्चको ठहर

आइतबार २२, भदौ २०७६

काठमाडौं । नेपालमा इच्छामरणलाई अधिकारका रूपमा घोषणा गर्न नसकिने ठहर सर्वोच्च अदालतले गरेको छ । सर्वोच्चले अहिले नै नेपालमा इच्छामरणलाई कानुनी रूप दिन नसकिने ठहर गरेको हो ।

विभिन्न देशमा मानिससँग मर्न पाउने अधिकार रहेको हुन्छ । खासगरी दीर्घरोगी वा शारीरिक तथा मानसिक अवस्था राम्रो नभएकाहरु मर्न चाहन्छन् । तर बाँच्न पाउने अधिकारसँगसँगै कानुनबमोजिम मर्न पाउने अधिकार पनि मानव स्वतन्त्रताको अधिकार भएको उल्लेख गर्दै अधिवक्ता उत्तमप्रसाद रिजालले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चको यस्तो फैसला आएको हो ।

न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासको आदेश दुई वर्षअघि दिइए पनि त्यसको पूर्णपाठ भने नेपाल कानुन पत्रिकामार्फत केही समयअघि मात्र सार्वजनिक भएको हो ।

सर्वोच्चको आदेशमा उल्लेख छ, ‘आवश्यक न्यूनतम स्वास्थ्य सेवा आमजनताको सहज पहुँचमा नरहेको र गरिबी, अशिक्षा तथा अन्य वञ्चनाका कारण समयमा स्वास्थ्योपचार पाउन नसक्ने परिस्थितिमा अहिले नै इच्छामरणलाई अधिकारका रूपमा घोषणा गर्नु मानवअधिकारकै दृष्टिबाट पनि प्रत्युत्पादक नहुन सक्छ ।’