आइसीसी वरियतामा पारस धोनी भन्दा अगाडी

Newslaya Home

आइसीसी वरियतामा पारस धोनी भन्दा अगाडी

शनिबार २१, भदौ २०७६

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको टी २० को नयाँ वरियता सार्वजनिक गरेको छ ।

जसमा नेपालका पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले बरियतामा स्थान बनाएका छन् ।

जसमा ब्याटिङतर्फ पारस ६८ औं स्थानमा रहेका छन् । उनी भन्दा पछाडि भारतका पूर्व कप्तान महेन्द्र सिंह धोनी परेका छन् । उनी ६९ औ स्थानमा छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान खड्का टी २० अलराउण्डर तर्फ २७ औ स्थानमा छन् । उनले भारतका रोहित शर्मा, वेस्ट इण्डिजका क्रिस गेललगायतलाई पनि पछि पारेका छन् । त्यस्तै सोमपाल ६७ औं स्थानमा रहेका छन् ।

यस्तै बलिङमा सोमपाल र बसन्तले स्थान बनाएका छन् । बसन्त ७२ औं स्थानमा छन् भने सोमपाल ७८ औं स्थानमा छन् ।