किराको टोकाइबाट पाँचथरमा एक जनाको मृत्यु

Newslaya Home

किराको टोकाइबाट पाँचथरमा एक जनाको मृत्यु

शनिबार २१, भदौ २०७६

पाँचथर । पाँचथरमा किरना भन्ने किराको टोकाइबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाँचथरको फिदिम नगरपालिका वडा नम्बर–४ का विनोद कुगेनाम्बा रहेका छन् ।

गत डेढ हप्ता अघि घरमा किरनाले टोकेर उपचाररत उनको शुक्रवार राती १० बजे टिचिङ अस्पताल काठमाडौँमा मृत्यु भएको जनाइएको छ ।