झापामा करेन्ट लागेर एक जनाको मृत्यु

Newslaya Home

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार २१, भदौ २०७६

झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका ५ स्थित पिपल चोक बस्ने ४४ वर्षीय पूर्णबहादुर बिक रहेका छन् । उनको खुर्पा बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आफ्नै घरमा खुकुरी, कोदालो, खुर्पा, फलामको अन्य सामान बनाउने काम गर्दै आइरहेका विकले शनिवार बिहान खुर्पा बनाउने क्रममा अचानक ग्यालेनडरको पछाडिको भागको नट फुस्किँदा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।