भोजपुरमा दोस्रो विवाह गर्ने दम्पत्ती जेल चलान

Newslaya Home

भोजपुरमा दोस्रो विवाह गर्ने दम्पत्ती जेल चलान

शनिबार २१, भदौ २०७६

भोजपुर । जिल्ला अदालत भोजपुरले बहुविवाहको आरोपमा दुई जनालाई कैद र जरिवानाको सजाय सुनाएको छ ।

अदालतले भोजपुर आमचोक गाउँपालिका–९ दुम्मानाका ३१ वर्षीय जितबहादुर श्रेष्ठलाई एक वर्ष ६ महिना कैद र १० हजार जरिबाना र श्रेष्ठसँग विवाह गरेकी कान्छी श्रीमती ३१ वर्षीया रत्नमाया श्रेष्ठलाई १ वर्ष कैद र १० हजार जरिबाना फैसला गरेको छ ।

अदालतले पीडकहरुबाट पीडितलाई ५ हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १ सय ७५ को उपदफा १ र २ बमोजिम बहुविवाहको कसुर ठहरिएकोले कैद, जरिबाना र क्षतिपूर्तिको फैसला गरेको हो ।