जिउँदै पुरिएको गाईको उद्धार, पुर्ने मान्छे फरार

Newslaya Home

जिउँदै पुरिएको गाईको उद्धार, पुर्ने मान्छे फरार

शनिबार २१, भदौ २०७६

विदुर । नुवाकोटको विदुर ४ मा जिउँदै पुर्दै गरेको गाईको उद्दार गरिएको छ । खाल्डो खनेर गाईलाई हाली पुर्ने क्रममा गाईलाई निकालिएको थियो । तर प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् ।

नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् ।