३५ किलो गाँजासहित धरानका तीन युवक पक्राउ

Newslaya Home

३५ किलो गाँजासहित धरानका तीन युवक पक्राउ

शनिबार २१, भदौ २०७६

उदयपुर । उदयपुरमा ३५ किलो गाँजासहित धरानका तीन युवक पक्राउ परेका छन्। शुक्रबार सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले बिशेष सुराकिको आधारमा उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद सुनार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बि.आर. ११ एफ ३२५७ नम्बरको भारतीय जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर बेलका नगरपालिका–५ शिखरमाडीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो। ‘पक्राउ परेका तीनै जना, बरामद गाँजा र गाँजा बोक्न प्रयोग भएको गाडीलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएका छ ।