नेपाली सेनाको गणभित्रै भेटियो महिलाको शव

Newslaya Home

नेपाली सेनाको गणभित्रै भेटियो महिलाको शव

शनिबार २१, भदौ २०७६

बर्दिवास । बर्दिवास नगरपालिका–८ मा रहेको नेपाली सेनाको मध्यपुर्वी पृतनाको कालीसिद्धि गण परिसरभित्र शनिवार एक महिलाको बेवारिसे शव भेटिएको छ ।

नाम थर खुल्न नसकेको अन्दाजी ३५ वर्षीया जस्तो देखिने र शरीरका विभिन्न भागमा चोट लागि रक्तश्राव भएको अवस्थामा महिलाको शव भेटिएको हो ।

शनिवार बिहानै नेपाली सेनाको टोली मर्निङवाक जाने क्रममा देखेपछि प्रहरीलाई खबर गरेको बर्दिवास प्रहरीले जनाएको छ । शव शंकास्पद भएकाले घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।