नोबेल अस्पतालले निकाल्यो दुर्लभ र जटिल ट्यूमर

Newslaya Home

नोबेल अस्पतालले निकाल्यो दुर्लभ र जटिल ट्यूमर

शनिबार २१, भदौ २०७६

विराटनगर । नोबेल शिक्षण अस्पतालमा दुर्लभ ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ । ईलामको चुलाचुली गाउँपालिका–४ की ३६ बर्षीया लंकाशोभा राईको शरीरबाट दुर्लभ ट्यूमर निकालेको हो ।

नोबेल शिक्षण अस्पतालका यूरोलोजिष्ट डा.रामसागर शाह नेतृत्वको चिकित्सकहरुको टोलीले राईको दाहिने मृगौला माथीको एडेनल ग्रन्थीमा पलाएको ट्यूमर सफलतापूर्वक निकालेको हो । सामान्यतया दश लाख मानिस मध्ये एक जना व्यक्तिमा मात्र यस्तो ट्यूमर पाईने गरेको छ डा.शाहले बताएका छन् । यो अत्यन्तै दुर्लभ ट्यूमर हो यसको अप्रेशन पनि धेरै जटिल हुन्छ ।

चिकित्सकहरुका अनुसार एडेनल ग्रन्थिमा ट्यूमर पलाएपछि यसले शरीरमा अनावश्यक हर्मन उत्पादन गर्छ । फलस्वरुप बिरामीको रक्तचाप अत्याधिक बढ्ने, मुटुको धड्कन अस्वभाविक रुपमा बढी हुँने, पसिना धेरै आउँने जस्ता समस्या देखा पर्छन । अत्याधिक रुपमा रक्तचाप र मुटुको धड्कन बढ्दा बिरामीको मृत्युसमेत हुँन सक्ने बताइएको छ ।

राईले दुई बर्ष अघिदेखि पीडा झेल्दै आएकी थिईन् । उपचारका लागि पूर्वका बिभिन्न अस्पताल पुगेकी उनी अन्तिममा नोबेल अस्पताल आएर अप्रेशन गराई निको भएकी छन् ।