इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

Newslaya Home

इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाईते

शनिबार २१, भदौ २०७६

इलाम । इलाममा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

रोङ गाउँपालिका–१ हिलेपाखाको भित्रि सडक खण्डमा शुक्रबार साझँ भएको ट्रक दुर्घटनामा परी झापाको बुद्दशान्ति गाउँपालिका–५ बस्ने अंदाजी बर्ष ३०।३१ को रबिन नेपालको मृत्यु भएको हो ।

हिलेपाखाबाट तिनघरे इलाम तर्फ बाँस लोड गरी आउदै गरेको मे १ ख २२५६ नम्बरको ट्रक उकालोमा तान्न नसकि बाटोबाट अंदाजि ७० मिटर तल खसी दुर्घट्ना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा ३२ वर्षीय नरेन्द्र खड्का र २५ वर्षीय रमेश चौहान घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पठाएको थियो भने ट्रकका चालक झापाको दमक नगरपालिका–५ बस्ने ४० वर्षीय धुर्ब कार्की खोजी भइरहेको छ ।