बुढा गाईगोरु नेपाल छिराइदिन्छ भारत

Newslaya Home

बुढा गाईगोरु नेपाल छिराइदिन्छ भारत

शनिबार २१, भदौ २०७६

इनरुवा । भारतको उत्तर प्रदेशले गोबधमा प्रतिबन्ध लगाएपछि ठूलो सङ्ख्यामा गाईगोरु नेपाल भित्रिन थालेका छन् । ती गाईगोरुहरु नेपालको लागि चुनौति बन्ने गरेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाका अनुसार भारतले नेपालतिर गाईगोरु धपाइदिने गरेको छ । जुन पाल्नको लागि नगरपालिकालाई समस्या भइरहेको छ ।

गत साता नेपालगन्ज उपमहानगरपालिकाले दैलेख पठाउन खोजेका गाईगोरुमध्ये दुई दर्जन मरेका थिए ।

चरनको अभावमा पालिएका गाईहरू मर्न थालेपछि बाध्य भएर दैलेख पठाउन खोजिएको उनले बताए । तर व्यवस्थित तरिकाले पठाउन नसक्दा गाईगोरु मरेको उनी बताउँछन् ।

छाडा चौपायाका कारण सीमावर्ती नेपाली सहरको सौन्दर्य बिग्रिएको र सवारी दुर्घटना बढेको देखिएको छ।

भारतीय पशु रोक्नका लागि जिल्लास्थित सबै निकाय एवं सुरक्षा संयन्त्रसँग पहल गरिरहेपनि उपलब्धी भइनसकेको अधिकारीहरु बताउँछन् ।