भारतको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेन, पुरै भारत निराश

Newslaya Home

भारतको चन्द्रयान–२ चन्द्रमामा अवतरण हुन सकेन, पुरै भारत निराश

शनिबार २१, भदौ २०७६

नइ दिल्ली । चन्द्रमामा यान अवतरण गर्ने भारतको महत्वकांक्षी योजना प्राविधिक समस्याका कारण असफल भएको छ ।

भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको हो । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो ।

तर अवतरणको दुई किलोमिटर र केही सेकेण्डअघि ल्याण्डरसँगको सम्पर्क टुटेको हो ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा गएका थिए ।

अवतरण असफल भएपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुसँग भने, ‘जीवनमा उतार चढाव आउँछन् । प्राप्त भएको उपलब्धी पनि सानो होइन । देशले तपाईँहरुसँग गर्व गरेको छ । यो अभियानले धेरै कुरा सिकाएको पनि छ ।’

यो अभियानमा भारतको १० अर्ब भारु खर्च भएको थियो ।