र्‍यापर निक्की मिनाजले लिइन सङ्गीत क्षेत्रबाट सन्यास

Newslaya Home

र्‍यापर निक्की मिनाजले लिइन सङ्गीत क्षेत्रबाट सन्यास

शुक्रबार २०, भदौ २०७६

काठमाडौँ । अमेरिकन र्‍यापर निक्की मिनाज सङ्गीत क्षेत्रबाट सन्यास लिएको घोषणा गरेकी छिन्।

उनले बिहीबार ट्विटर मार्फत सन्यासको घोषणा गरेकी हुन् । साथै उनले परिवारलाई समय दिन चाहेको पनि बताएकी छिन्।उनले गत जुन महिनामा प्रेमी केनेथ जु पेट्टीसँग विवाह गर्ने योजना बनाएको खुलाएकी थिइन् ।

१० वर्षअघि उनी ‘पिंक फ्राइडे’ एल्बमका साथ र्‍याप म्युजिकमा प्रवेश गरेकी थिइन्। उनी ६ वटा अमेरिकन म्युजिक अवार्ड जित्ने सीमित महिला र्‍यापरमध्येकी एक हुन्। उनी ‘अमेरिकन आइडल’की विवादास्पद निर्णायक पनि बनेकी थिइन्। त्यस्तै उनी २०१६ मा विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेकी थिइन्।