अब नेपाल टेलिकमको सिमबाट भारतमा पनि इन्टरनेट चलाउन सकिने

Newslaya Home

अब नेपाल टेलिकमको सिमबाट भारतमा पनि इन्टरनेट चलाउन सकिने

शुक्रबार २०, भदौ २०७६

काठमाडौँ । अब नेपाल टेलिकमको सिमबाट भारतमा पनि इन्टरनेट चलाउन सकिने भएको छ । अर्थात् नेपाल टेलिकमले पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी मुलुकमा भ्वाइस अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको कम्पनीले अबदेखि डाटा रोमिङ पनि सुरु गरेको छ ।

कम्पनीले जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराएको छ ।

आजदेखि कम्पनीले भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध गराएको जानकारी दिएको छ।

नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएम का साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्नेछन् ।