भ्रष्टचारको आरोपमा वडाध्यक्षसहित तीनजना विरुद्ध मुद्दा दायर

Newslaya Home

भ्रष्टचारको आरोपमा वडाध्यक्षसहित तीनजना विरुद्ध मुद्दा दायर

शुक्रबार २०, भदौ २०७६

महोत्तरी । महोत्तरीका भँगाहा नगरपालिका– ८ का वडा अध्यक्ष मो.रफिक आलमसहित तीनजा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

उनीहरुले सेवाग्राहीसँग एक लाख ६० हजार रुपैयाँ घुस लिएको पुष्टि भएपछि अख्तियारले शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेकोमा वडा अध्यक्ष आलम, सोही वडाका वडा सदस्य कारी साह तेली र मुकेश साह रहेका छन्।

उनीहरुलाई अख्तियारको बर्दिवासस्थित कार्यालयबाट खटिएको एक टोलीले केही दिनअघि मुकेश साहलाई सेवाग्राहीसँग एकलाख ६० हजार घुससहित पक्राउ गरेको थियो।