एसीसी यू–१९ एसिया कपः श्रीलंकाद्वारा नेपाल पाँच विकेटले पराजित

Newslaya Home

एसीसी यू–१९ एसिया कपः श्रीलंकाद्वारा नेपाल पाँच विकेटले पराजित

शुक्रबार २०, भदौ २०७६

काठमाडौँ । एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले पराजित भएको छ ।

श्रीलंकाको आर प्रेमदासा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले नौ विकेट गुमाउँदै १५९ रन बनाएको थियो ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालका लागि रित गौतमले ५४ रनको अर्धशतकीय योगदान दिएका थिए । त्यस्तै रोहित कुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ रन तथा हरि चौहानले १२ रनको योगदान दिएका थिए । अन्यको प्रदर्शन भने खराब रहेको थियो ।

नेपालले दिएको उक्त लक्ष्यलाई श्रीलंकाले ३३ ओभर चार बलमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । श्रीलंकाका लागि कामिल मिसाराले ५५ रनको योगदान दिएका थिए । यस्तै अहान विक्रमासिंंघेले पनि ३० रन, निपुन धनञ्जयाले १८ रन र अभिष्का थारिन्दुले अविजित २५ रन बनाएका थिए ।

नेपालका लागि बलिङतर्फ रशिद खानले दुई विकेट लिए भने पवन सर्राफ र सागर ढकालले एक एक विकेट लिए ।

यस्तै श्रीलंकाका लागि दिलसान मदुशंका र नभोद पारानाभिथानाले तीन–तीन विकेट तथा रोहण सञ्जया र आशियान डेनियलले १–१ विकेट लिएका थिए ।