गाइमा बम बाँधेर विस्फोट

Newslaya Home

गाइमा बम बाँधेर विस्फोट

शुक्रबार २०, भदौ २०७६

काठमाडौं । इराकमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरूले गाईलाई आत्मघाती बेल्ट बाँधेर विस्फोट गराएका छन् ।

शनिवार अल इस्लाहका स्थानीयहरूले दुई गाईमा विस्फोटक बेल्ट लगाइएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

गाईहरू घरनजिक पुगेपछि बमलाई टाढाबाट विस्फोट गराइएको थियो । गाईहरू मरे अनि घरहरू क्षतिग्रस्त भए ।

विस्फोटबाट मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । यसरी गाईलाई आत्मघाती हतियार बनाइएको पहिलोपटक देखेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।