झापामा मुङ्ग्रो प्रहारबाट एक जना घाइते

Newslaya Home

झापामा मुङ्ग्रो प्रहारबाट एक जना घाइते

शुक्रबार २०, भदौ २०७६

झापा । झापामा देवरले मुङ्ग्रो प्रहार गरी भाउजूलाई घाइते बनाएका छन् ।  

जसमा झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीका २४ वर्षीय विक्रम चौधरीले काठको मुङ्ग्राले टाउकोमा २१ वर्षीया भाउजू शर्मिला चौधरीलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घरायसी विवादका कारण नाताले देवर पर्ने विक्रमले काठको मुङ्ग्रो प्रहार गरी शर्मिलालाई घाइते बनाएका थिए ।

मुङ्ग्रो प्रहार पछि विक्रम फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते शर्मिलाको धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ ।