‘वडाको मुख्य समस्या भनेको ढल निकास हो’ : सैलेन्द्र श्रेष्ठ

Newslaya Home

‘वडाको मुख्य समस्या भनेको ढल निकास हो’ : सैलेन्द्र श्रेष्ठ

शुक्रबार २०, भदौ २०७६

सुन्दरहरैंचा नगरपालिका वार्ड नं. ४ का वडाध्यक्ष सैलेन्द्र श्रेष्ठ वडामा सम्भावना देख्ने वडाध्यक्ष हुन् । वडावासीको कामको लागि निक्कै सक्रिय उहाँ वडाध्यक्ष भएसँगै वडामा शिक्षा, स्वास्थ्य, बाटोलगायतका पूर्वाधारको विकासमा लागि पर्नुभएको छ । उहाँसँग वडाको विकासको बारेमा न्युजलयका सरिता भण्डारीले गरेको कुराकानी :

आजभोली के मा व्यस्त हुनुहुन्छ ?
भर्खरै २०७५/०७६ को बजेट सम्पन्न भएको छ । हामील नयाँ बजेटको सुरुवातमा छौं । केही दिनअघि बाढीले यो वडामा निक्कै क्षति पु¥याएको थियो । यो वडामा गछिया खोला, बुढि खोला, तेलिया खोला र भलुवा खोला रहेको हुँदा ती खोलाहरुले क्षति पु¥याएको ठाउँमा अनुगमन गरेर काम गरिरहेका छौं ।

वडाको विकासको अवस्था कस्तो छ ?
वडाको विकासको अवस्था राम्रो छ । हामी जनप्रतिनिधिहरु आइसकेपछि वडाको विकास धेरै अगाडि बढिसकेको छ । विकास भन्ने कुरा एकै पटक हुने हैन । यसको लागि निरन्तर लागि परिरहनु पर्छ । हामी विकास गर्ने क्रममा छौं ।

वडाको विकासको लागि कुन कुरालाई पहिलो प्राथमिकता दिनु भएको छ ?
जनताको मागअनुसार हामीले ढल निकासलाई नै पहिलो प्राथमिकता दिएका छौं । यस्तै गछिया खोला र बुढि खोलामा तटबन्धनको कामलाई पनि प्राथमिकतामा राखेका छौं । र विभिन्न गाउँ बस्ती तथा टोलहरुमा बाटो नपुगेको ठाउँ सम्म बाटो पु¥याउने काम गरिरहेका छौं । हाम्रो वडालाई नमुना बनाउनका लागि काम गरिरहेका छौं ।

यो वडाका आगामी योजनाहरु के–के छन् त ?
आगामी योजनाहरु धेरै छन् । जनताहरुबाट माग आएअनुसार सबै बस्तीहरुलाई समेट्ने गरि योजनाहरु तयार गर्दैछौं । वडाको पूर्वाधारहरुको विकाससँगै सामाजिक विकास गर्ने योजना बनाइरहेका छौं । महिला, बालबालिका, जेष्ठ नागरिकहरुका लागि कार्यक्रमहरु गर्ने योजना बनाएका छौं । यो वर्ष वडा स्तरीय वडाध्यक्ष गोल्डकप पनि सञ्चालन गर्न लागेका छौं ।

यो वडाको मुख्य समस्याहरु के–के छन् त ?
यो वडाको मुख्य समस्या भनेको ढल निकासा हो । यो वडामा धेरै घरहरु निर्माण भइरहेको र धेरै बस्तीहरु बसिरहेको हुनाले यो वडामा ढल निकासको समस्या धेरै छ । जनप्रतिनिधिहरु आउनुभन्दा अगाडिदेखि बसेको बस्तीमा यस्तो समस्या ज्यादा देखिएको छ । पहिला बाटो बनाइदिएर जग्गा बेचिने गरिन्थ्यो । त्यहाँ बिजुलीको पोल र तार पनि नलगाउने तथा ढल निकास पनि नलगाउने गरेको पाइयो । त्यसको कारणले अहिले बनेका घरहरुमा पानी पस्ने जस्ता समस्याहरु देखिन्छन् । हाम्रो यो वडामा भोल्टेज पनि कम भएको हुँदा हामी ट्रान्सफरमर पनि लगाउने तयारीमा छौं ।

के भयो भने वडाको विकास चाँडो हुन्छ जस्तो लाग्छ ?
विकास गर्नका लागि वडाले मात्र गरेर नहुने रहेछ । वडाले गर्ने काम र जति सक्ने विकास गरिरहेको छ । केन्द« र प्रदेशबाट पनि वडालाई बजेट आयो भने हामीलाई विकास गर्न सहज हुनेथ्यो । हाम्रो वडामा पुराना र ठूला हुलाकी बाटोहरु पनि छन् । धेरै हुलाकी बाटाहरु बस्तीले मिचेर घर बनाइरहेका छन् । हामी जनप्रतिनिधि आएपछि धेरै हुलाकी बाटोहरुको खोजी गरेर अहिले निकास दिँदै छौं । यसका लागि विभिन्न निकायहरुबाट सहयोग भयो भने चाँडो विकास हुन्थ्यो ।

वडाको विकासका लागि कोसँग के आग्रह र माग राख्नु भएको छ ?
वडाले माग राख्ने भनेको आफुभन्दा ठुलो निकायसँग हो । नगरले पनि हामीले राखेको मागहरु सकेसम्म पुरा गरेकै छ । नगर भन्दा माथि प्रदेश सरकार तथा केन्द्रिय सरकारसँग समेत माग गरेका छौं । केन्द्र्र्रिय सरकारबाट पनि केही बजेट प्राप्त भइरहेको सुचना पाइरहेका छौं । केन्द्रबाट अझै यो वडालाई ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ किनभने यो वडा इटहरी नजिकको वडा हो र यस वडालाई धेरै खोलाहरुले घेरेको छ ।

अन्त्यमा आफ्ना वडावासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडावासीहरुले जुन विश्वास र आशाका साथ हामीलाई यो स्थानमा पुर्याउनु भएको छ त्यसको लागि हामी आभारी छौं । हाम्रो कार्यकालमा हामी यो वडालाई अन्य वडाभन्दा फरक किसिमको बनाउन लागिरहेका छौं । हामीले अहिलेसम्म पनि वडाको विकास राम्रो गरिरहेका छौं । तपाइहरुले राखेको आशाहरु हामी पुरा गर्नेछौं ।