७० वर्षीय वृद्धालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट एक जना पक्राउ

Newslaya Home

७० वर्षीय वृद्धालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट एक जना पक्राउ

शुक्रबार २०, भदौ २०७६

उदयपुर । उदयपुरबाट बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर खडक नगरपालिका–८ मुसहरनियाका ४० वर्षीय रोहित सदा रहेका छन् । उनीमाथि उदयपुरकी ७० वर्षीय महिलालाई बलात्कार गरेको आरोप रहेको छ ।

प्रहरीले उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार सदाले ती महिलालाई गत सोमबार धाक धम्की, डर, त्रास देखाई बलात्कार गरेर फरार भएका थिए ।