यसकारण स्लो हुन्छ स्मार्टफोन

Newslaya Home

यसकारण स्लो हुन्छ स्मार्टफोन

शुक्रबार २०, भदौ २०७६

मानिसका लागि मोबाइल फोन आधारभूत आवश्यकता भइसकेको छ । स्मार्टफोनले मानिसको दैनिकी सहज बनाएको छ । स्मार्टफोन बिना मानिस एकैछिन पनि बस्न नसक्ने भइसकेका छन् । या भनौं सबै मानिमा स्मार्टफोनको लत नै लागिसकेको छ । मानिसको दैनिकी सहज बनाउन स्मार्टफोनमा राख्न मिल्ने लाखौं एपको आविश्कार भएको छ ।

फोन अहिले कुराकानीका लागि मात्र प्रयोग गरिँदैन । स्मार्टफोनले जीवनस्तर नै स्मार्ट बनाएको छ । आईफोनमा आईओएस र अधिकांश अरु ब्रान्डमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोगमा छन् ।

स्मार्टफोनले मानिसको जीवन सहज बनाए पनि यसलाई सही तरिकाले प्रयोग गर्न जानिएन भने हैरानी खेप्नुपर्छ । स्मार्टफोनलाई उपयुक्त तरिकाले चलाउन नसक्दा ह्याङ हुन्छ । ह्याङ हुनबाट जोगाउन मोबाइल चलाउँदा यी कुरामा सतर्क रहनुपर्छः

एप खुलै रहनु
धेरै स्मार्टफोन प्रयोगकर्ताको कुनै एप खोलेर ब्याक गर्ने बानी हुन्छ । यस्तो गर्दा एप बन्द नभइ मिनिमाइज हुन्छ । यस्तो अवस्थामा त्यो एप्स मोबाइलको ब्याकग्राउन्डमा चलिरहेको हुन्छ । यसरी ब्याकग्राउन्डमा एप्स चलिरहँदा यसले मोबाइलको ‍र्‍याम लिइरहेको हुन्छ ।

मोबाइल इन्टरनेटसँग जोडिँदा ती एप्स अटोमेटिक अपडेट हुन्छन् । अपडेटका लागि केही समय चाहिने भएकाले मोबाइल ह्याङ हुने समस्या आउँछ । कुनै एपको प्रयोगलगत्तै मोबाइलको नेभिगेसन किबाट उक्त एप्सलाई बन्द गर्नुपर्छ ।

जंक फाइल बढी हुनु
इन्टरनेट धेरै चलाउने प्रयोगकर्ताको मोबाइल सुस्त हुने समस्या देखिन्छ । इन्टरनेटका कुनै पनि पेज हेरेपछि फेरि हेर्न सजिलो होस् भनेर ती पेजका क्याचेज र टेम्पोररी फाइल सेटभित्रै बस्छन् । यसरी लगातार चलाइरहँदा त्यसले बढी मेमोरी खान्छ र मोबाइललाई स्लो बनाउँछ ।

नयाँ स्मार्टफोनमा क्याचेज वा टेम्पोररी फाइल हटाउने एप हुन्छ । साथै प्रयोगकर्ताले सेटिङमा गएर वा ब्राउजरबाटै ती हटाउन सक्छन् ।

प्लेस्टोर र एपस्टोरको प्रयोग गर्ने
एप्पल प्रयोगकर्ताले एप स्टोर र इन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट मात्रै एप डाउनलोड गर्नुपर्छ । एन्ड्रोइड वा आईओसले आधिकारिक ठानेका एपमात्र डाउनलोड गर्नुपर्छ । कतिपय प्रयोगकर्ताले तेस्रो पक्षको एप डाउनलोड गरेर प्रयोग गर्ने गरेका छन्। यस्ता एप सुरक्षाका दृष्टिले चुनौतिपूर्ण हुन्छन् ।

स्टोरेज कम हुनु
स्मार्टफोनमा दुई किसिमको स्टोरेज हुन्छ । एउटा सेटमै भएको इन्टरनल र अर्को छुट्टै थप्ने एक्सटर्नल । यदि हामीले एक्सटर्नल स्टोरेज (मेमोरी कार्ड) राख्दैनौ भने फोटो, भिडियो, एप सबै इन्टरनलमा जम्मा हुन्छ । स्टोरेज भरिएमा पनि मोबाइल ह्याङ हुन्छ । मोबाइलको स्टोरेज क्षमताअनुसार फोटो, भिडियो र एप्स राख्नुपर्छ ।

आफैं एप इन्स्टल हुनु
एप डाउनलोड गर्दा कहिलेकाहीँ अनावश्यक एप्स पनि इन्स्टल हुन्छन् । यसरी डाउनलोड भएका एप्स देखिँदैनन्। तर मोबाइललाई स्लो बनाउन यस्ता एपको पनि भूमिका हुन्छ । कुनै वेबसाइट खोल्नुपूर्व तथा एप डाउनलोड गर्नुअघि त्यहाँ लेखिएका सर्त अध्ययन गर्नुपर्छ ।

फोनलाई अनअफ गर्ने
हामीले हत्तपत्त मोबाइललाई अफ हुन दिँदैनौ । लामो समयसम्म लगातार प्रयोग गर्दा मोबाइल स्लो हुने समस्या आउँछ । कमसेकम हप्ताको एकपटक मोबाइल फोन अफ गनर््पर्छ ।

अनावश्यक एप नराख्ने
मोबाइल स्लो बनाउने मुख्य कारक तत्व एपलाई मान्न सकिन्छ । आवश्यकभन्दा धेरै एप मोबाइलमा डाउनलोड गर्नुहुँदैन । एपले मोबाइलरको स्टोरेज र र्‍याम ओगट्ने गर्छ। स्टोरेज कम भए मोबाइल स्लो हुन्छ । एउटै प्रकृतिका एप सकभर डाउनलोड नगर्नुहोला ।

आधिकारिक चार्जर प्रयोग गर्ने
गलत चार्जरको प्रयोगले पनि मोबाइल स्लो बनाउँछ । मोबाइल आधिकारिक चार्जरबाट चार्ज गर्नुपर्छ । बजारमा उपलब्ध सस्ता चार्जरको प्रयोग गर्दा ब्याट्रीको क्षमता घट्छ । यसको असरस्वरूप मोबाइल स्लो हुनसक्छ ।